असार १८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
१० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७५५ जनामा संक्रमण संक्रमण पुष्टि भइसकेको छ ।
यही अवधिमा थप ३४५१ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३६०० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ । हाल २६ हजार ३३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६३२ जना आइसीयू र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।
कोभिड–१९ को संक्रमणबाट थप ३४ जनाले ज्यान गुमाएका छन् । हालसम्म ९ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।
कहाँ कति थपिए ?
बागमती प्रदेशको काठमाडौंमा ३१६, काभ्रेमा ३०, चितवनमा ५३, दोलखामा २, धादिङमा ५२, नुवाकोटमा ३६, भक्तपुरमा ३४, मकवानपुरमा २९, रसुवा १०, रामेछापमा ७, ललितपुरमा ७८, सिन्धुली ४ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६४, गोरखामा ६, तनहुँमा २५, नवलपरासी पूर्वमा ३९, पर्वतमा ८, म्याग्दीमा ९, लमजुङमा ४, बागलुङमा २१ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा २४, गुल्मीमा ३७, दाङमा १४, नवलपरासीमा ३, पाल्पामा २३, प्युठानमा १, बाँकेमा १, रुपन्देहीमा २८ र रोल्पामा १ जना छन्।
यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा १६, सल्यानमा १, सुर्खेतमा १४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १०, कञ्चनपुरमा ७, कैलालीमा १९, डडेल्धुरामा १, बैतडीमा १, बाजुरामा १ र डोटीमा ३९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
१० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस