थप ५३१६ जनामा कोरोना संक्रमण, ७२१९ जना संक्रमणमुक्त

फाइल तस्बिर

जेठ १९, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७२१९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ ।

१९ जेष्ठ २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको