काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, आज बैठक बस्दै

फाइल तस्बिर

जेठ १९, काठमाडौँ । राजधानी काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ ।

मंगलवार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञा थप्ने निष्कर्ष निकाले पनि औपचारिक निर्णय बुधवारको बैठकबाट हुने भएको छ ।

मंगलवारको बैठकमा निषेधाज्ञा थप्नेबारे छलफल भएपनि बुधवार निर्णय हुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए ।

निषेधाज्ञा थपिए पनि खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे सीडीओहरूबीच छलफल भएको जनाइएको छ ।

पछिल्लोपटक थपिएको निषेधाज्ञा जेठ २० गते सकिँदैछ । काठमाडौंमा वैशाख ३० गतेदेखि निषेधाज्ञा शुरू भएको थियो ।

१९ जेष्ठ २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको