मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको शपथ


बैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले विपक्षी दलहरूको धर्नाका बाबजुद शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका छन् ।

आइतबार साँझ कडा सुरक्षाबीच मुख्यमन्त्रीकाे कार्यालय पुगेर यादवले पोखरेललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि यादवले पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका हुन् ।

साथै आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजालले पनि आइतबारै शपथ लिएका छन् ।

यसअघि आइतबार बिहान एकल बहुमतको सरकार बनाउने ध्येयका साथ पोखरेलले पदबाट राजीनामा दिएका थिए ।

१९ बैशाख २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको