दाङमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको मृत्यु

फाइल तस्बिर

बैशाख १९, दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत थप दुईजना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिएका छन् ।

तुलसीपुरका पुरुष हिजोदेखि अस्पतालमा उपचाररत थिए । उनीको आज दिउँसो पौने १ बजे मृत्यु भएको हो । त्यस्तै, गत वैशाख १२ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत रहेका पुरुषको आज बिहान साढे ८ बजे मृत्यु भएको वलीले बताए ।

१९ बैशाख २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको