मुख्यमन्त्रीको रुपमा पोखलेरको पुनः नियुक्ति बिबास्पद , एमाले ३ सांसदले दिए राजीनामा


बैशाख १९, बुटवल । लुम्विनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्य मन्त्री नियुक्त भएपनि त्यो बिबास्पद बनेको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी एमाले, लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

त्यसअघि प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका थिए।

साथै प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ रोक्न लिखित निवेदन दिएका थिए। उनीहरुले पोखरेलले एकल बहुमतको आधारमा सरकार गठन गर्ने तयारी गरिरहेको थाहाँ पाएपछि बहुमत नै नभएर त्यसो गर्न नपाइने जिकिर गरेका थिए ।

त्यस्तो दाबी प्रस्तुत गर्नेहरुमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी नेपाललगायतका सांसदहरु थिए ।

एमालेका तीन सांसदले दिए राजीनामा

पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले असन्तुष्टि जनाउँदै आइतबार पदबाट राजीनामा दिएका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले सांसद पदबाट राजीनामा दिएका छन् ।

हल प्रदेश सभामा सदस्य संख्या घटेर ८१ छ । उनीहरुले राजीनामा नदिदा सम्म एमाले एक्लैसँग ४१ सांसद थिए ।

आइतबार नै सांसद विमला वली (खत्री) ले माओवादी केन्द्र रोजेकी थिइन । उनी बाहेक थप तीन जना सांसदले समेत पदबाट राजीनामा दिएपछि पोखरेल अल्पमतमा परेको स्पष्ट भएको छ ।

१९ बैशाख २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको