नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्बले मनायो १३२ औं बिश्व मजदुर दिवस


नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्बले मनायो १३२ औं बिश्व मजदुर दिवस मनाएको छ । बेद बोहरा संयोजक रहेको मध्यपूर्व मोर्चाले नेकपाका सचिवालय सदस्य तथा विदेश बिभाग प्रमुख धर्बेन्द्र बास्तोला ‘कंचन’ को प्रमुख आथित्यमा मोर्चाले मजदुर दिवस मनाएको हो ।

भर्चुअल जुम मार्फत मनाइएको १३२ औं मजदुर दिवसमा दक्षिण कोरिया, जापान, कतार, युएई, मलेसिया, साउदी, बहराइन मोर्चाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । विशेष अतिथीमा नेकपा केन्द्रिय सदस्य असल र युवा संगठन संयोजक पाटन जंगलीको पनि उपस्थिति रहेको थियो भने अन्य अतिथीहरुमा साउदी मोर्चा सल्लाहकार एरिया सेक्रेटरी तिर्थ पाख्रीन, समर खत्री युएइ मोर्चा सल्लाहकार, कतार मोर्चाका केन्द्रिय महासचिव बिबेक मल्ल, साउदी मोर्चाका अध्यक्ष कसम, बहराइन मोर्चाको तर्फबाट महासचिव मीननाथ, साउदी पाँचौं अधिबेशन संयोजक टिकाराम वलि सुरेस, मलेसिया मोर्चाको तर्फबाट मोर्चा अध्यक्ष बिजय लामा, युएई मोर्चाको तर्फबाट मनोज काउचा र कमल पोख्रेलको उपस्थिति रहेको थियो । साउदी पाँचौं अधिवेशन सह संयोजक तोया भट्टले स्वागत मन्तव्य राखेका थिए ।

मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो । यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ ।

१९ औँ शताब्दिको औधोगिकीकरणमा यूरोप र अमेरिकाका उधोगपतीहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रमशोषण गरीरहेको कहालीलाग्दो परिस्थिति थियो । त्यस अत्याचारको बिरुद्धमा १ मे १८८६ का दिन अमेरिकाको सिकागो शहरमा समानता, उपयुक्त श्रमज्वाला, उचित विदा सुविधा र श्रम वातावरणको लागि एकीकृत हुने उद्घघोष गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माग गरे ।

सिकागोमा यही माग सहीतको मजदुरहरूको शान्तिपूर्ण पर्दशनकारीहरू माथी गोली चलाउंदा थुप्रै प्रदशनकारीको हत्या भयो र ४ में का दिन बमविष्फोट भयो । जसमा ४ प्रहरीसहीत ७ जनाको मृत्यु भयो । बम कसले बिस्फोट गरायो भन्ने कुरा एकिन नभएपनि त्यस घटनाको मुख्य दोषीको रूपमा ८ जना मजदुरहरुलाई पक्राउ गरी फाँसी दिइयो ।

त्यसको तीन वर्षपछी सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष मे १ मा श्रमिक दिवस मनाउन थालियो । परिणामस्वरूप हामीपनि यो दिनलाई मनाउंदै आएका छौं ।

नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

१९ बैशाख २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको