विप्लव नेकपाको तर्फबाट वार्ता टोलीको नेतृत्व प्रवक्ता प्रकाण्डले गर्ने

फाइल तस्बिर

फागुन १८, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ ।

नेकपा स्रोतका अनुसार सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेपछि विद्रोही नेकपाले पनि प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

यसअघि नै विप्लवले एक विज्ञप्तिमार्फत वार्तामा बस्न आफूहरु तयार रहेको जनाएका थिए । आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल रहेको र जनसमुदायमा सहज गतिविधि तथा कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा वार्तामा बस्न तयार रहेको विप्लवको भनाइ थियो । लगत्तै सरकारले आजै वार्ता टोलीको घोषणा गरेको हो ।

सरकारको धारणा सार्वजनिक भइसकेको अवस्थामा अब विप्लव नेतृत्व नेकपाको धारणापनि सार्वजनिक हुँदैछ ।

नेकपाले केही समय पहिले नै प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ताका लागि कार्यदल बनाएको थियो । कार्यदलको सदस्यमा धर्मेन्द्र बास्तोला र चिरन पुन रहेको थिए । तर, बास्तोला पक्राउ परेपछि वार्ता टोलीको सदस्यमा केही हेरफेर हुन सक्ने स्रोतको भनाई छ ।

 

१८ फाल्गुन २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको