पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ३८ औं सहयोग हस्तान्तरण गरेको छ । गुल्मी जिल्ला, चन्द्रकोट, वडा न. ४ बस्ने दलबहादुर पुन मगरलाई १५ हजार रुपैंया सहयोग हस्तांतरण गरेको हो । मगर संसार फोटो ग्यालरी ग्रुप पेजद्वारा अति दीन, दुखी, गरीब बिरामिहरुको लागि सहयोग गर्ने उद्देश्यले खोलिएको मगर संसार राहतकोषबाट दुवै मिर्गौला फेल भएका पुन मगरलाई सहयोग हस्तान्तरण गरिएको हो । उनको हाल बुटवलमा उपचार भइरहेको थियो । उपचार गर्न आर्थिक अभाब झेलिरहेको खबर मगर संसारलाई प्राप्त भएपछी आज बुटवल ड्राइवरटोल-नयाँ मिलमा गई मगर संसारका एडमिन /सचिब तिर्सना झेंडी मगरको हातबाट सहयोग हस्तान्तरण गरिएको थियो ।
अनिल लामिछाने मगर अध्यक्ष रहेको मगर संसार परिवार गरिव दुखिहरुको सहयोगमा हरदम क्रियाशील रहेकाले ग्रुप भित्र आबद्ध रहेका मनकारी मगर समुदायले ग्रुप एडमिनहरुलाई सम्पर्क गरि थोरै भएपनि सहयोग गर्न एडमिन परिवारले सम्पूर्ण मगर समुदायहरुलाई अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस