दाङमा झन्डै साढे ३ लाख रकमसहित १५ जुवाडे प्रहरीको फन्दामा [नामसहित]

सांकेतिक फाइल तस्बिर

पुस १८, दाङ । तुलसीपुरवाट झन्डै साढे ३ लाख रकमसहित १५ जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३७ बर्षीय ओमकार वली, ४२ बर्षीय ज्ञानबहादुर डाँगी, ३७ बर्षीय नरबहादुर डाँगी, ४६ बर्षीय तिले बस्नेत, २७ बर्षीय डम्मर केसी, ४१ बर्षीय पूर्णबहादुर डाँगी, ५२ बर्षीय थलबहादुर बुढाथोकी, ३७ बर्षीय खुमनसिंह वली, ३७ बर्षकै रामरोषण बस्नेत, ५० बर्षीय लालबहादुर गुरुङ, ५० बर्षीय कुशल शर्मा, ४५ बर्षीय नउले भण्डारी, ४७ बर्षीय चन्द्रप्रकाश अधिकारी, ४७ बर्षीय रामचन्द्र डाँगी र ५० बर्षीय प्रकाश पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गरेको छ ।

पक्राउ गरिएका व्यक्तिहरुको नाम र उमेर सार्वजनिक गरिएपनि ठेगना भने प्रहरीले सार्वजनिक गरेको छैन । इप्रकाको प्रेस बिज्ञप्ति अनुसार उनीहरुलाई शनिवार बेलुका ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को बरुवागाउँ निवासी खुमानसिंह वलीको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलकप्रशाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिइएको छ ।

पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । पक्राउ परेका व्यक्ति उपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यति ठूलो रकम सहित जुवा खेल्दै गरेका व्यक्तिहरु पक्राउ परेको यो पहिलो घटना हो ।

१८ पुष २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको