राति ८ बजेपछि मोटरसाईकल संचालनमा रोक [सूचनासहित]

फाइल तस्बिर

पुस १८, काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जले राति ८ बजेदेखि अम्रेनी–कर्णली चिसापानी सडक खण्डमा मोटरसाईकल संचालनमा रोक लगाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्धाराले शनिबार एक सूचना जारी गर्दै राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाईकल, साईकल र पैदल यात्र गर्न रोक लगाएको जिल्ला प्रशसान कार्यालय बर्दियाका सूचना अधिकारी नानरायण प्रसाद ढकालले जानकारी दिए ।

मोटरसाईकलमा सवार कैलाली लम्किचुहा नगरपालिका–४ निबासी ५० बर्षकी नन्दकला थापाको पाटेबाघको आक्रमणबाट मृत्यु भएपछि निकुञ्जले यस्तो रोक लगाएको हो ।

थपाको श व आधा खाएको अवस्थामा प्रहरीले शनिबार दिउसो फेला पारेको थियो । देब्रे खुट्टा शरिरदेखि अलग गरेको अवस्थामा श व फेला परेको थियो ।

शुक्रवार राति पूर्व बाँकेको कोहलपुरवाट पश्चिम कैलालीस्थित घर जान लागेका आमा छोरा सवार मोटरसाईकलमा बाघले झम्टिएर थापालाई घिसार्दै जंगलमा लगेको थियो । मोटरसाईकल उनका छोरा २२ बर्षीय सञ्तोष थापाले चलाएका थिए ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्रवार राति दश बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाईकलको पछाडि सवार सञ्तोषकी आमा नन्दकली सवार थिइन ।

छोरा सञ्तोषले मोटरसाईकल अलि स्लो भएको समयमा बाघले उनकी आमालाई झम्टिएर मोटरसाईकलबाटै लगेको प्रहरी समक्ष बताएका छन् । बाघको आक्रमणबाट मोटरसाईकल ढलेको र पछि आफुले निकुञ्जका सुरक्षाकर्मीलाई खवर गरेको भन्ने कुरा सञ्तोषले गरेको प्रहरी अधिकारीले बताएका छन् ।

घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तरगत निकुञ्ज भित्रपर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्ट भन्दा करिव ५/६ किलोमिटर पश्चिममा रहेको छ ।

अम्रेनी–कर्णली चिसापानी सडक खण्डमा हिंस्रक पाटे बाघको चहलपहल बढेकाले संभावित घटनालाई रोक्न यस्तो कदम चालिएको सूचना अधिकारी ढकालले जानकारी दिए ।

हेर्नुस सुचना 

 

१८ पुष २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको