दाङमा नेकपा निकट जनबर्गिय संगठनहरु पालिका सम्मेलनमा जुटे


मंसिर १५, दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङका जनबर्गिय संगठनहरु पालिका भेला/सम्मेलनमा जुटेका छन।

बुधबार नेकपा निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) राजपुर गाउकमिटिको प्रथम भेला सम्पन्न भएको छ। भेलाले देबिराम बिकको अध्यक्षतामा १३ सदस्यीय गाउँकमिटी चयन गरेको हो। जसको उपाध्यक्षमा राम मिलन यादव,सचिवमा लाहुन चौधरी र कोषाध्यक्षमा सरिता परियारलाई चयन गरिएको नेकपा राजपुर गाउकमिटी इन्चार्ज/सेक्रेटरी उज्ज्वलले जानकारी दिनुभयो।

प्रथम भेलालाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा बिशेष कमिटी सदस्य बिक्रमले वैज्ञानिक समाजवाद प्राप्तिका लागि एकपटक किसानहरु एकीकृत जनक्रान्तीको कार्यदिशामा लामबद्द हुन अपिल गर्नुभयो। उहाले नेपालका संसदवादी दलहरुले आफ्नो पार्टीलाई बन्दुके र अधिनायकवादिको आरोप लगाइरहेकाले त्यो भ्रम च्यात्न आफुहरु जनमतसंग्रह मार्फत जनतालाई व्यवस्था चुन्न दिने लोकतन्त्रको उच्चतम प्रयोग गर्न खोजिरहेको बताउनुभयो। नेता बिक्रमले भन्नुभयो,” हामी जनमत लिन तयार छौं तर असफल संसदीय व्यवस्थाको निर्वाचनमा भाग लिन्नौ,जनमतसंग्रहको निर्वाचनमा भिड्न तयार छौँ”।

भेलामा नेकपा लमही नगर इन्चार्ज जनक,राजपुर गाउपालिका इन्चार्ज उज्ज्वल,गढवा गाउपालिका इन्चार्ज महान,मधेसी मुक्ती मोर्चा नेपाल दाङ जिल्ला संयोजक सुर्य यादव, नेकपा दाङ जिल्ला कमिटी सदस्य रामप्रसाद,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य भिम बुढाथोकी र मधेसी मुक्ती मोर्चा नेपाल राजपुर गाउकमिटी अध्यक्ष सर्जु यादवको आतिथ्य रहेको थियो।

यस्तै बुधबार नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी घोराही उपमहानगर कमिटीको प्रथम भेला घोराहीमा सम्पन्न भएको छ। भेलाले मनिशा वलीको अध्यक्षतामा १९ सदस्यीय घोराही उपमहानगर कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा अस्मिता थापा, सचिवमा रमिता खड्का, सह-सचिवमा सीता चौधरी र कोषाध्यक्षमा दुर्गा सुनारलाइ चयन गरिएको हो।

प्रथम भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथी नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले दलाल सत्ताको उत्पिडनका विरुद्ध जुझारु महिलाहरु संगठित हुँदै एकीकृत जनक्रान्तीमा लामबद्ध हुन अपिल गर्नुभयो।नेता प्रदिपले पुरानो सत्ताको दमन र दासताबाट मुक्त हुन महिलाहरुले बिद्रोहको झण्डा उठाउनुपर्नेमा जोड दिनुभयो। उहाले भन्नुभयो,” जनयुद्धमा बुर्जुवा सत्तालाइ फौजी आक्रमणले हैरान पारेका महिलाहरु प्रचण्ड बाबुरामको आत्मसमर्पणले निराशा छाएको पक्कै छ तर तपाइहरुले फेरि बिद्रोह गर्नुपर्छ, दलाल सत्ताका विरुद्ध एकपटक लडौ, हातेमालो गरौं”। नेता प्रदिपले अधिकार प्राप्तीका लागि पुरानो सत्तालाई ध्वस्त गर्नैपर्ने कुरामा जोड दिनुभएको थियो।

प्रथम नगर भेलाको उद्घाटन कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगाएतका अतिथीहरुले मैनबत्ती बालेर गर्नुभएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्ने बक्ताहरुले महिला अधिकार प्राप्तिको लागि एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवादको यात्रामा जुट्न आह्वान समेत गरेका थिए।

भेलामा अखिल नेपाल महिला संघ क्रान्तीकारी दाङ जिल्ला संयोजक रेखा रोका,नेकपा घोराही उपमहानगर इन्चार्ज निर्मल,थारु मुक्ती मोर्चा नेपालका केन्द्रिय सदस्य एवम दाङका अध्यक्ष चुलुवा,नेकपा दाङ जिल्ला सदस्य किसन,अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङ जिल्ला कमिटी सदस्य कमला केसिले शुभकामना मन्तव्य राख्नुभएको थियो। भेलामा नेकपा दाङ जिल्ला कमिटी सदस्य हरी,अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ दाङका संयोजक छोटिलाल, नेकपा घोराही उपमहानगर वडा नं.५ सेक्रेटरी बिस्णुको आतिथ्य रहेको थियो।

रमिता खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कमला रोकायले गर्नुभएको थियो। प्रथम भेलाबाट नबनिर्वाचित कमिटीलाई बधाई मन्तव्य नेकपा दाङ जिल्ला सदस्य दान बहादुरले राख्नुभएको थियो।

१५ मंसिर २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको