सल्यानमा जीपकाे ठक्करबाट दुई विद्यार्थीको मृत्यु, राप्ती राजमार्ग अवरुद्ध


असोज १५, सल्यान । जीपको ठक्करबाट विद्यार्थीको ज्यान गएपछि राजमार्ग चक्काजाम गरिएको छ ।

सल्यान शारदा नगरपालिकाको बरला नजिकै शुक्रबार बिहान जीपले ठक्कर दिँदा २ विद्यार्थीको मृत्यु र ३ घाइते भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।

उनिहरुले गाडी चालकलाई कडा कारबाही र मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपुर्ती सहमति नभएसम्म राजमार्ग नखोल्ने बताएका छन् । प्रहरीले सहमति गर्ने प्रयास गरिरहेको जनाएको छ ।

शुक्रबार बिहान १० बजेतिर थारमारेबाट खलंगा आउँदै गरेको २ च ५७०१ नम्बरको डबल क्याप जिपले ठक्कर दिँदा श्रीनगरमा रहेको शिबजन माद्यामिक विद्यालयका २ जना छात्राको मृत्यु र ३ जना घाइते भएका छन् ।

जिप ओभर स्पिडका कारण सडकको छेउमा सल्लाको छहारीमा बसेका बिद्यार्थीहरुलाई जीपले ठक्कर दिएको थियोे ।

दुर्घटनामा परेर शारदा नगरपालिका ६ कि १८ बर्षिय रेखा बुढाथोकी र सुनिता नेपालीको मृत्यु भएको छ । त्यस्तै सोही ठाउँका मिना परियार, सुशिला नेपाली र बर्षकी दिपा बुढाथोकी घाइते भएका छन् ।

उनलाई उपचारको लागि नेपालगन्ज लगिएको गरिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१५ आश्विन २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको