१९ अंकले बढ्यो नेप्से

फाइल तस्बीर

असार१७, काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १९.१२ अंकले बढेको छ । यससँगै नेप्से सूचक २ हजार ८४३ बिन्दुमा पुगेर बन्द भएको छ ।

आज कूल २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयर ७० हजार १९८ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार कारोबारमा आएका कूल १३ वटा समूहमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने निर्जीवन बीमा कम्पनीको सूचक सामान्य घटेको छ ।

होटल र पर्यटन र विकास बैंकको सूचक साढे ३ प्रतिशतले बढेको बजारमा फाइनान्स करिब ३ प्रतिशत तथा अन्य र लगानीको सूचक १ प्रतिशत धेरैले बढेको छ ।

यी हुन् सर्वाधिक कमाउने कम्पनीहरु

आज सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३० करोड ७२ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै ज्योति विकास बैंकको १८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मेगा बैंकको १८ करोड २४ लाख, बुटवल पावर कम्पनीको १६ करोड ६९० लाख, नेपाल पुनर्बीमा कम्पनीकिो १६ करोड ४० लाख, एनएलजी इन्स्योरेन्स कम्पनीको १२ करोड ६० लाख र नेपाल इन्स्योरेन्स कम्पनीको १२ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

१७ असार २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको