दाङका एक युवासहित २ जना चरी बाघको छालासहित परे प्रहरीको फन्दामा


असार १७, दाङ । बाँके प्रहरीले चरी बाघको छालासहित दूई युवालाई पक्राउ पछि सार्वजनिक गरेको छ ।

दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ९ का ३२ बर्षीय सन्तोष कुवर र दैलेख जिल्लाको भैरबी गाउँपालिका वडा नं. ३ का १९ बर्षीय जितेन्द्र शाही चरी बाघ (चिुतवा) को छालासहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अुनसार उनीहरुलाई बुधबार बेलुका गोप्य सूचनाका आधारमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ कुशुम बजारबाट पक्राउ गरिएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कुशुम बजारमा बन्य जन्तुको अबैध कारोबारो भइरहेको सूचनाको आधारमा खटिएको प्रहरीले बेलुका साढे ४ बजेतिर कुवरले चलाएको र पछाडी शाही सवार रा ४ प ६५०४ नम्बरको स्कूटी चेकजाँच गर्ने क्रममा ३ फिट ३ इन्च लामो चरी बाघको छाला बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने दुबै जना पेन्टिङ काम गर्ने ब्यक्तिहरु हुन । शाहीलाई बाँके कोहलपुर घर बताउने रबिन खड्काले आफुसंग चितुवाको छाला रहेको कुरा गरेका थिए । खड्काले शाहीलाई उक्त छाला बिक्रि गर्न र आएको पैंशा बाँडेर भाग बण्डा गर्न भन्दै लालच देखाएका थिए । खड्काको योजना अनुसार शाही दाङको घोराहीकभा चितुवाको छाला लिन भनेर आएका थिए ।

शाही र कुवर मिलेर असार १५ गते दाङ घोराहीका मिलन राना भन्ने ब्यक्तिको साथबाट उक्त चितुवाको छाला लगेर जाने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुले बरामद छाला ३० लाखमा बेच्ने योजनाको साथ कुरा चलिरहेको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । घटनामा संलग्न भनिएका खड्काको खोज तलास जारी रहेको प्रहरीले बाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ६ को उपदफा १ बमोजिम दोषीलाई ५ देखि १० लाखसम्म जरिबाना र ५ देखि १५ बर्षसम्म कैद सजाय हुन सक्ने प्राबधान रहेको छ ।

१७ असार २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको