जन्म गाँउ/घरको तस्बिरहरुहेर्दा सर्बहारा होकी जस्तो,
आँखा उठाएर बलकोटको घर हेर्दा नब सामन्त जन्मे जस्तो ।
झापाको बिद्रोहको कथाहरु सुन्दा बहादुर लाग्ने जस्तो,
अध्यादेशहरुको चांग हेर्दा सदन छल्ने भगौडा जस्तो ।
चुनाब प्रचार प्रचारको जोस हेर्दा आँपको ठेकदार जस्तो,
नागरिता अध्यादेश हेर्दा स्वाधीनता बेच्ने ब्यापारी जस्तो ।
बिजुली, रेल आदिको कुरा सुन्दा विकासबादी जस्तो,
देशको नाममा हप्तैपिछे सम्बोधन गर्दा हावादारी जस्तो ।
भोक र रोगको बखान सुन्दा दुनियाको दयालु जस्तो,
स्वास्थ्यकर्मीलाई हातपात हुँदा चु नबोल्ने मौनबर्तालु जस्तो ।
नाकाबन्दी देखि चुच्चे नक्सा सम्म हेर्दा राष्ट्रवादी जस्तो,
नागरिकता बजार मूल्य निर्धारण गरेको हेर्दा आलु भन्दा सस्तो ।
सबै कुरा सदन भन्ने तर स्वार्थ पुरा गर्नु कसैलाई नगन्ने,
सबै कुरा अध्यादेशबाट पुरा गर्ने, गणतन्त्रका कुरा नछाड्ने ।
मेरो देशको प्रधानमन्त्रि खै कस्तो कस्तो,
कहिले हावारी हुरी त कहिले तुसारो जस्तो ।
प्रतिक्रिया दिनुहोस