गंगादेव गाउँपालिका अध्यक्षको अभिव्यक्ति प्रति एमाले र काँग्रेसको आपत्ति (बिज्ञप्ति सहित)


जेठ १८, रोल्पा । गंगादेव गाउँपालिकाका अध्यक्ष बिर बहादुर खत्रीले संचार माध्याममा दिएको अभिव्यक्ति प्रति नेकपा (एमाले) गंगादेव गाउँसंगठन कमिटी रोल्पाले आपत्ति जनाएको छ । पदीय मर्यादाको ख्याल नगरी संचार माध्याममा नागरिकलाई गालीगलौज र धम्कि दिएको भन्दै नेकपा (एमाले) गाउँ संगठन कमिटिका अध्यक्ष रोशन कुमार वलीले बिज्ञप्ति जारि गर्दै आपत्ति जनाएका हुन् ।

मदिरा सेवन गरेर पत्रकार र एकल महिला माथि प्रयोग भएका अबिब्यक्ति क्षमा योग्य नभएको ओलीले बताएका छन् । कोरोना महामारीको समयमा दुखद निधन भएका स्थानीय नागरिक प्रति अपमान गरेको भन्दै खेद समेत प्रकट गरेका छन् ।

काँग्रेसको पनि आपत्ति 

यसै बिषयलाई लिएर नेपाली काँग्रेस गंगादेव गाउँपालिकाले पनि अध्यक्षको अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाको अध्यक्ष बिर बहादुर खत्रीको अन्तर्वार्ताले व्यक्तिको चरित्र हत्या गर्ने, गालीबेइज्जति गर्ने, अवहेलना गर्ने र सामाजिक शान्तिमा खलल पार्ने अभिव्यक्ति भएको नेपाली काँग्रेस गंगादेव गाउँपालिकाका सभापति दिपेन्द्र बहादुर डाँगीले बताएका छन् ।

संचार माध्यममा दिएको अध्यक्षको अभिव्यक्ति सामाजिक अपराध भएको जनाउदै कानुनि कारबाहीको लागि सरकारसंग बिज्ञप्ति मार्फत माग समेत गरिएको छ  ।

अध्यक्ष खत्रीले गएको आइतबार रोल्पाको स्थानीय रेडियो मालश्री संबादमा अन्तर्वार्ता दिएका थिए ।

हेर्नुहोस बिज्ञप्ति:

 

१८ जेष्ठ २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको