बैशाख १८, दाङ । दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको एउटा कारभित्र तीन वटा श व फेला परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरि राखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा श ब फेला परेका हुन । कतिपयले ती शवहरु बलका भएको बताएपनि घटनास्थल पुगेका प्रहरी अधिकारीले भने तीन वटा श व फेला परेको जानकारी मात्रै दिएका छन् ।
‘चार महिनादेखि पार्किङ गरि राखेको कार भित्र तीन वटा श वहरु फेला परेका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले भने ‘ बेलका ८ बजे तिर म यहाँ आइपुगेका छु घटना बारे अनुसन्धान हुँदै छ ।’
‘मृतक को हुन् र कसरी उनीहरू पार्किङको गाडीभित्र पुगे भनेर अनुसन्धान सुरू नभएसम्म केही भन्न सक्ने अवस्था छैन,’ डिएसपी सिंहले भने, ‘अहिले हामीले गाडीभित्र तीन वटा शव मात्रै देखेका छौं, श व निकालिसकेका छैनौं।’
उक्त गाडी कसको हो र कसले यहाँ पार्किङ गरेको हो भन्ने अहिले खुल्न बाँकी सिंहले बताए।
घटानाको प्रकृति नियाल्दा गम्भीर प्रकुतिको देखिएको हुदा अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको डिएसपी सिंहले बताए । डिएसपी सिंहले उक्त गाडी स्याउली बजारमा गत माघ महिना अगाडिदेखि पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको बताए ।
शनिवार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि त्यसका स्टापले गन्ध आएको हुँदा कार भित्र हेर्दा ती श बहरु देखेको स्रोतले बताएको छ ।
प्रहरीले अहिले घटनास्थललाई सुरक्षित गरी मुचुल्का उठाउने काम गरिरहेको डिएसपी सिंहले बताए।
प्रतिक्रिया दिनुहोस