दाङको बेलझुण्डि कोरोना बिशेष अस्पतालमा ६५ वेड थपियो


बैशाख १८, दाङ । दाङको तुलसीपुरमा रहेको कोरोना विशेष अस्पताल बेलझुण्डिमा ६५ वेड थपिएको छ ।

शनिबार अस्पतालमा ३५ वेडबाट एक सय वेड क्षमताको बनाईएको छ । कोरोना संक्रमितहरुलाई उपचारमा थप व्यवस्थि तगर्नका लागी वेड क्षमता बढाईएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । तर अक्सिजनको अभावले गदौ सवै वेड सन्चालनमा ल्याउन सकिएको छैन ।

अस्पतालमा भर्ना भएका अधिकांशलाई अक्सिजन बिना राख्न सक्ने अवस्था नभएको हुँदा अहिले अक्सिजनको आबश्यकता रहेको उअनाले बताए ।

अहिले अस्पतालमा पचास वेड सम्म प्रयोगमा ल्याईएको जानकारी दिंदै ओलीले अक्सिजन प्रर्याप्त भएमा सवै वेड प्रयोगमा ल्याउन सकिने बताए । अस्पतालमा अहिले ४८ जना कोरोना संक्रमित उपचाररत छन् ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै जिल्लामा कोरोना संक्रमित बढेपछि आईसोलेसन र अक्सिजनको अभाव हुने गरेको छ ।

१८ बैशाख २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको