दाङका ३ कोरोना संक्रमितको मृत्यु

फाइल तस्बिर

बैशाख १८, दाङ । दाङका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जना पुरुष बाँकेमा र १ जना महिला दाङमा मृत्यु भएको हो ।

दाङको दंगिशरण गाउँपालिका वडा नं. १ का ६० बर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का ४५ बर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

दंगिशरणका पुरुषको शनिवार बिहान ४ बजे र तुलसीपुरका पुरुषको शुक्रवार बेलुका ५ बजेतिर नेपलागञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

तुलसीपुरका पुरुषको पिसिआर रिपोर्ट आएकै दिन मृत्यु भएको थियो भने दंगिशरणका पुरुषको बैशाख ११ गते परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै तुलसीपुरकी एक महिलाको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ की ४६ बर्षीया महिलाको शनिवार बिहान २ : १० बजे मृत्यु भएको छ ।

अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीका अनुसार ती महिलाको बैशाख ११ गतेदेखि आइसियूमा राखेर उपचार हुँदै आएको थियो । ब्यबस्थापक वलीले शनिबार मध्यान्ह सम्म ४८ जना बिरामीको बेलझुण्डी अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

 

१८ बैशाख २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको