रोल्पाको गंगादेव गाउँपालिकाकी कोरोना संक्रमित एक महिलाको मृत्यु

सांकेतिक फाइल तस्बिर

बैशाख १८, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ कि कोरना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पुगेकी महिलाको मृत्यु भएको हो । कोरोना संक्रमणबारे गाउँपालिकालाई मृत्युपछि मात्रै जानकारी आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले जानकारी दिए ।

संक्रमित महिला महिला बिरामी भएपछि छिमेकी जिल्ला सल्यानको बागचौर नगरपालिकाको स्वास्थ्य चौकीमा गएकी थिइन् । त्यहाँपनि उपचार सम्भव नभएपछि जिल्ला अस्पताल सल्यान पुगेकी थिइन् ।

बस्नेतले आफूहरुलाई जिल्ला अस्पताल सल्यानले कोरोना संक्रमित महिलाको आज मृत्यु भएको भन्दै फोन गरेपछि मात्रै थाहा भएको बताए ।

उनले भने,“हामीलाई उहाँबारे केही थाहै थिएन, जिल्ला अस्पताल सल्यानले आज फोन गरेपछि मात्रै जानकारी प्राप्त भयो । कहिले संक्रमित हुनुभयो ? कसरी भयो ? बुझ्दै छौं ।”

पछिल्लो समय रोल्पाको गंगादेव गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्दो छ । हिजो मात्रै ४३ जनाको स्वाब परीक्षण गरिएकोमा ४२ जनाको पोजेटिभ आएको थियो ।

१८ बैशाख २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको