रोल्पामा काफल टिप्न गएकी बालिकाको चट्याङले ज्यान लियो

फाइल तस्बिर

कविता उपाध्याय/बैशाख १८, रोल्पा । रोल्पामा काफल टिप्न गएकी बालिकाको चट्याङले ज्यान लिएको छ ।

रुन्टीगढी गाउँपालिका वडा नं. ९ पलासेनीका चित्रमान नेपालीकी छोरी १२ वर्षिया शुष्मा नेपालीको चट्याङले ज्यान लिएको प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

आफ्नै बारीमा काफल टिप्न गएकी बालिकाको शुक्रबार मध्यान्ह १२: ३० बजे चट्याङ लागेर ज्यान गएको हो ।

प्रनाउ सुवेदीका अनुसार साथमा भएकी उनकी दिदी सामान्य घाइते भएकी छिन् । घाइते भएकी बालिकाको होलेरी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनाका बारेमा अबेरमात्र खवर पाएपछि प्रहरीटोली घटनास्थल पुगेको छ ।

मृतक बालिकाको शव यो समाचार तयार पार्दासम्म उनको घरमै राखिएको बुझिएको छ ।

यसैगरी बिहिबार लागेको चट्याङबाट सुनछहरी गाउँपालिका वडा नं. ७ जेलबाङ ठूलोगाउँ रोल्पाका ९ वर्षिय बालक अभिषेक पुनको ज्यान गएको थियो भने रोल्पामा विहिबार मात्र छुट्छुट्टै स्थानमा चट्याङबाट दुईघर जलेर नष्ट भएका थिए ।

१८ बैशाख २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको