मगर संसारको चौथो बार्षिक उत्सवको अवसरमा टिकटक प्रतियोगिता बैशाख २२ गतेबाट सुरु हुने


“भेषभूषा, भाषा, धर्म, संस्कार र संस्कृतिलाई संरक्षण गरौँ, विश्व भरिका मगरलाई एकजुट गराऔं” भन्ने उद्देश्यले २०७४ साल बैशाखमा खोलिएको सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरी ग्रुप/पेजको यही २०७८ बैशाख २६ गते अर्थात ९ मे तारिक आइतबार पर्न गएको चौथो बार्षिक उत्सवको अवसरमा ग्रुप भित्र बिबिध कार्यक्रम सहित १२ बर्ष माथिका उमेर समूहका मगर लाफाहरु बीच खुल्ला टिकटक प्रतियोगिता आयोजना गरेको छ । बिजेतालाई आयोजकले ग्रुप एडमीनको अवसर पनि प्रदान गर्नेछ । पुरस्कार हाल बहराइनमा रहेका बागलुङ ताराखोला -१ का थमन नाइसा मगरले प्रायोजन गरेका हुन् ।

आयोजक समितिले प्रतियोगिताको लागि बिभिन्न निर्णयहरु पारित गरेको छ ।

प्रतियोगिताको नियमहरु:

✅१) प्रतियोगिता मगर संसार फोटो ग्यालरी ग्रुप भित्र हुनेछ ।

✅२) १२ बर्ष माथिको उमेर समूहको पुरूष/महिला सबैले सहभागी जनाउन सकिने ।

✅३) Tik tok भिडियो सिंगल/ग्रुप/डबल सबै मान्य हुनेछ।tiktok video मगर पोशाक लगाएको हुनुपर्ने छ।out ड्रेसको मान्य हुने छैन ।

✅ ४) tiktok भिडियो पोस्ट गर्ने समय :- २०७८ बैशाख २२ गते बुधबार बिहान ८ बजे देखी बेलूकी ८ बजे सम्म मात्र

✅५) भोटिंग समय ३ दिन अर्थात २०७८ बैशाख २५ गते शनिवार माध्यह्न १२ बजे सम्म मात्र रहनेछ।

✅६) बिजेता like को आधारमा घोषणा गरिनेछ। मगर साथिलाई अनिवार्य जोइन्ड गर्नुपर्ने छ।मेन्सन, tag, share ,कमेन्ट सबै खुल्ला रहनेछ।

✅७) प्रतियोगिले नाम,ठेगाना र हालको बसाई लेखी आफैले post गर्नुपर्ने छ। अनुमतिमा इच्छुकको भिडियो पोस्ट गर्न सकिनेछ।

✅८) नतिजा भोटिंग समय सकीएको दिन बेलूकी live मार्फत सार्बजनिक गरिनेछ।

✅९) भोटिंग अवधि भरी अन्य post बन्द रहनेछ।

✅१०) auto like गर्न मनाही छ। विदेशी गीतमा मान्य हुने छैन।

✅११) टिकटक भिडियो नाचेको,अभिनय गरेको ,गाएको वा फोटो गासेको सबै मान्य हुनेछ।

✅१२) प्रतियोगिताको बेला कुनै बिबाद उत्पन्न भएको खण्डमा एडमिन समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ।

पुरस्कारहरु:

प्रथम :- रू.२,०००/- रिचार्ज कार्ड
दोस्रो :- रू.१,५००/- रिचार्ज कार्ड
तेस्रो:- रू.१,०००/- रिचार्ज कार्ड
सान्त्वना :- रु.५००/- रिचार्ज कार्ड

 

 

१८ बैशाख २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको