रुकुम पूर्वमा २ वर्षदेखि अवरुद्ध जामाखोला लघु जलविद्युत आयोजना पुनः संचालन

फाइल तस्बिर

फागुन १७, रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ को धपेमा रहेको जामाखोला लघु जलविद्युत आयोजना लामो समय पछि पुनः संचालनमा आएको छ ।

साढे २ वर्ष अघि देखी बन्द अवस्थामा रहेको आयोजना सोमवारबाट पुनः सञ्चालनमा आएको हो । २०७२ माघ २६ गते निर्माण भएको यो आयोजना त्यसको ४ वर्ष पछि ७५ असोज ३० गते आएको पहिरोले क्षेति गरेपछि बन्द भएको थियो ।

९० किलोवाट क्षमताको यो आयोजनाबाट सिस्ने गाउँपालिका वडा नम्बर ७ र ८ तथा रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ छिङका गरी ९ सय २६ घरमा विद्युत पुगेको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २ करोड १३ लाख र स्थानीयको श्रमदान गरी झन्डै ४ करोड रुपैयाँको लगानीमा सुरुमा आयोजना निर्माण भयको थियो ।

हाल भने विग्रिएको आयोजना करिब आधा करोडको लागतमा पुनर्निर्माण गरिएको हो । प्रतिनिधिसभा सदस्य कमला रोकाको पूर्वाधार क्षेत्र विकास कार्यक्रमबाट आएको ४९ लाख ९७ हजार १ सय ७२ रुपैयामा क्षतिग्रस्त विद्युत आयोजनाको पुर्ननिर्माण भएपछि पुनः घर घरमा बत्ति बलेको विद्युत उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले जानकारी दिनुभयो ।

लामो समय पछि बत्ति बाल्न पाएपछि उपभोक्ताहरु हर्षित भएका छन् । आईतबार विद्युत गृहमा बत्ति बालिएकामा आज उपभोक्ताहरुको घर घरमा विद्युत वितरण गरिएको उपभोक्ता समितिले जनाएको छ ।

१७ फाल्गुन २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको