दाङमा मोटरसाईकलको ठक्करबाट १५ बर्षीया छात्राको मृत्यु

फाइल तस्बिर

फागुन १७, दाङ । दाङमा मोटरसाईकलको ठक्करबाट बिद्यालयबाट घर फर्किदै गरेकी एक छात्राको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १७ नवरपुर निवासी १५ बर्षीया छात्रा अम्बिका आचार्यको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता मुकुन्दप्रशाद रिजालले बताए ।

रा ४ प ४७६ नम्बरको मोटरसाईकले पैदल हिडिरहेकी आचार्यलाई सोमबार बेलुका साढे ५ बजेतिर ठक्कर दिएको थियो ।

गम्भीर घाइते आचार्यलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान तर्फ लैजाने क्रममा गर्दा बाटो मै मृत्यु भएको डिएसपी रिजालले बताए ।

मोटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दूर्घटनाको कारण तीब्र गतिलाई मानिएको छ ।

 

१७ फाल्गुन २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको