पर्बत जलजलाका ब्लड क्यान्सर बिरामी करण पुर्जा मगरलाई मगर संसार राहत कोषबाट सहयोग


पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ३६ औं सहयोग हस्तान्तरण गरेको छ । पर्बत जलजलाका ब्लड क्यान्सर बिरामी करण पुर्जा मगरलाई १५ हजार रुपैंया सहयोग हस्तांतरण गरेको हो । मगर संसार फोटो ग्यालरी ग्रुप पेजद्वारा अति दीन, दुखी, गरीब बिरामिहरुको लागि सहयोग गर्ने उद्देश्यले खोलिएको मगर संसार राहतकोषबाट ब्लड क्यान्सर भई उपचार गर्न आर्थिक अभाबले छटपटाई रहेका करण पुर्जा मगरलाई उपचारको क्रममा सिविल हस्पिटलमा गएर मगर संसारका एडमीन/सदस्य तुल्सी आले मगरको हातबाट हस्तांतरण गरिएको हो ।

अनिल लामिछाने मगर अध्यक्ष रहेको मगर संसार परिवार गरिव दुखिहरुको सहयोगमा हरदम क्रियाशील रहेकाले ग्रुप भित्र आबद्ध रहेका मनकारी मगर समुदायले ग्रुप एडमिनहरुलाई सम्पर्क गरि थोरै भएपनि सहयोग गर्न एडमिन परिवारले सम्पूर्ण मगर समुदायहरुलाई अनुरोध समेत गरेको छ ।

१७ पुष २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको