विप्लब नेकपा निकट जनपत्रकार संगठनको राष्ट्रिय सम्मेलन बैशाखमा हुने


पुष १७, काठमाडौँ । विप्लब नेतृत्वको नेकपा टिकट जनपत्रकार संगठन नेपालले आगामी बैशाख २५ र २६ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ । संगठनको हालै सम्पन्न केन्द्रीय चाैथाे बैठकले यस्तो निर्णय गरेको बिज्ञप्तिमा उल्लेख छ ।

बैठकले शेरबहादुर विश्वकर्माको संयोजकत्वमा ४१ सदस्यीय ‘तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति’ समेत गठन गरेको छ । जनपत्रकार संगठनका पुर्व पदाधिकारीहरुलाई बिदाई गर्दै उनीहरुको योगदानप्रति धन्यावाद समेत प्रकट गरेको छ ।

आसन्न नेपाल पत्रकार महासंघको चुनावमा सहभागिता र प्रभावकारी उपस्थितिका लागि सम्पूर्ण तयारीका कामलाई अगाडि बढाउने र श्रमजीवि पत्रकारहरुको हक, अधिकारहरुबारे सशक्त रुपमा आवाज उठाउँदै संघर्ष गर्ने लगायतका विभिन्न निर्णयहरु रहेका छन् ।

जनपत्रकार संगठन नेपालको बैठक शेरबहादुर विश्वकर्माको संयोजकत्वमा २०७७ पौष १४ गते सम्पन्न भएको थियो ।

हेर्नुहोस बिज्ञप्ति:

१७ पुष २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको