बालुवाटारमा ओली र प्रचण्डबीच छलफल, के-के भयो कुराकानी ?

फाइल तस्बिर

कात्तिक १५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ११ दिनपछि भेटवार्ता भएको छ।

ओली र प्रचण्डबीचको भेटमा समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतको दाबी छ । ओली र प्रचण्डको भेटमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका, भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँगको भेट, कर्णालीमा देखिएको पार्टी विवादलगायत विषयमा छलफल भएको छ ।

बालुवाटारमा भएको भेटवार्तामा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीलाई सचिवालय बैठक बोलाएर यी सबै विषयमा छलफल गर्नुपर्ने माग गरेका छन् । स्रोतका अनुसार सचिवालय बैठक बोलाउन प्रधानमन्त्री सकारात्मक भएका छन् । आजको छलफलले सचिवालय बैठकको मिति भने तय गरेको छैन ।

यसअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच कात्तिक ४ गते भेटवार्ता भएको थियो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र मुख्यमन्त्री शाहीले चालेका कदमको विषयमा छलफल भएपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थिएन । उक्त भेटमा भएको सहमतिका विषयमा दुवै अध्यक्षका सचिवालयले चुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गरेका थिए।

२०७७ कार्तिक १५,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको