कांग्रेस विवाद: केन्द्रीय सदस्यबाट राजीनामा दिने पौडेल समुहको तयारी


भदौ १५, काठमाडौँ । प्रतिपक्ष दल नेपाली काँग्रेसको महाधिवेशनको विषयमा विवाद चर्किँदै गएको छ ।

आउँदो महाधिवेशनमा सभापतिको उम्मेदवारको विषयले पनि निकै चर्चा पाएको छ । पार्टी सभापतिमा पौडेलदेखि गगन थापा, महामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र पुर्वमहामन्त्री प्रकाशमान सिंहको समेत उम्मेदवार उठ्ने तयारीमा छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूह धर्ना र अनसनमा उत्रिने तयारी छ । पार्टी सभापति शेरबहादुर देउवाले विधि, विधान र पद्धति विपरीत चालिएका कदमविरुद्ध अनसनमा उत्रिने नेता पौडेल समूहको तयारी छ ।

पौडेल पक्षले सभापति देउवाको विधान र प्रक्रियाविपरीतका निर्णयविरुद्ध तीन सदस्यीय समितिसमय बनाएको थियो । साथै पौडेल पक्षले धर्ना, अनसन र केन्द्रीय सदस्यको राजीनामासम्मको कार्यक्रममसेत अगाडि बढाउने तयारी छ ।

१५ भाद्र २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको