सोमबार देशभर ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्बिर

भदौ १५, काठमाडौं । सोमबार देशभर कोरोनाका ८ सय ९९ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ। यसअघि आइतबारमात्र १२२१ जना कोरोना संक्रमित थपिएका थिए।

आजमात्रै ११ हजार १ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर गरिएको छ। आज देशभर १७ हजार ८ सय २१ सक्रिय संक्रमित छन्।

१५ भाद्र २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको