भदौ १५, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।
जसअनुसार केही जिल्लाका प्रहरी कार्यालयका डीएसपी पनि फेरिएका छन् भने उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ । हालका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा भएको छ ।
बोहोराले यसअघि महानगरीय प्रहरी वृत्त, सिंहदरबारको पनि नेतृत्व गरिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पामा नरेशराज सुवेदी, दैलेखमा अनुपम श्रेष्ठ, सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टाराई, पाँचथरमा दानबहादुर थापा, बाजुरामा मदनजित महरा, डडेल्धुरामा महेन्द्र नेपाल र जुम्लामा माधवप्रसाद काफ्लेलाई सरुवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सुनिल मल्ललाई पठाइएको छ । मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत थिए ।
हेर्नुस सुची
प्रतिक्रिया दिनुहोस