काठमाडौं उपत्यकामा थप ३८ जना कोरोना संक्रमण


साउन १६, काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ जिल्लामा थप ३८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३२, ललितपुरमा ५ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका ३ जना, ललितपुरका २ जना, पाटन अस्पताल ललितपुरमा काठमाडौंका २ जना, ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वीर अस्पताल काठमाडौंमा, काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका १८ जना, ललितपुरका १ जना, नेपाल-कोरिया मैत्री अस्पताल भक्तपुरमा, भक्तपुरका १ जना छन् । बिहीबार उपत्यकामा ४८ जनामा संक्रमण देखिएको थियो ।

२०७७ श्रावण १६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको