नुवाकोटमा थप ५ जनामा कोरोना संक्रमण, ११ स्थानीय तहमा फैलियो कोरोना


साउन १६, नुवाकोट | नुवाकोटमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | बिहिबार र शुक्रबार गरि जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो |

राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला टेकु र त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परिक्षणमा विदुर नगरपालिकाकी २७ वर्षीय महिला, बेलकोटगढी नगरपालिकाका २७ वर्षीय पुरुष, शिवपुरी गाउँपालिकाका २४ वर्षीय पुरुष र पन्चकन्या गाउँपालिकाका २ पुरुष (वर्ष ३१ र ३४) मा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वाथ्य कार्यालय, नुवाकोटले जनाएको छ |

यो सँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४३ पुगेको छ | जिल्लामा कुल संक्रमितमध्ये ३७ जना स्वास्थ्योपचारपश्चात निको भएर फर्किसकेका छन् | शिवपुरी गाउँपालिकामा बिहिबार पहिलोपटक संक्रमण देखिएको हो | योसँगै १२ स्थानीय तहमध्ये ११ स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ |

यसैबीच गएको २४ घण्टामा नेपालमा थप २२४ जनामा कोरोना संक्रमण देखिएको छ | योसँगै कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १० हजार ७६८ जनाको परिक्षण गरिएकोमा २२४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ रहेको छ । कोरोनाबाट हालसम्म ५६ जनाको मृत्यु भैसकेको छ ।

१६ श्रावण २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको