पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु


साउन १६, काठमाडौँ — ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररतको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । साउन ६ गते पाटन अस्पताल भर्ना भएकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान ९ बजे मृत्यु भएको हो ।

स्रोतका अनुसार उनमा रुघाखोकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्नुपरेको थियो । आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।

स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा अधिकांशको रिपोर्ट समेत पोजिटिभ आएको थियो ।

१६ श्रावण २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको