साउन १६, काठमाडौं | नेपाली बजारमा आजपनि सुनको मूल्य बढेको छ | आज सुन प्रतितोला ९९ हजार ३ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ |
बिहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ सयले बढेर ९९ हजार ३ सय पुगेको हो | जुन हालसम्मकै उच्च हो |
आज चाँदीको मूल्य भने घटेको छ | चाँदी आज प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो |
प्रतिक्रिया दिनुहोस