विदुरमा संक्रमित भेटिएपछि प्रशासनद्वारा निषेधाज्ञा जारी


साउन १६, नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका एक जना कोरोना संक्रमित फेला परेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

नगरपालिकाको वडा नम्बर ८ का २७ वर्षीय एक महिलामा संक्रमण पुष्टि भएसँगै निजको सम्पर्कमा आएका व्यक्तिहरुको खोज पड्ताल गर्नुपर्ने भएकाले स्थानीय प्रशासन ऐन अनुसार आज राति १२ बजेदेखि वडा नम्बर ८ को केउरेनी वरपरको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

यसैबीच बिहिबार नुवाकोटमा थप ३ जनामा कोरोना संक्रमण भएको छ | विदुर नगरपालिका- २७ वर्षको ती महिला, काठमाडौं नै बस्ने बेलकोटगढिका २७ वर्षका पुरुष र विदेशबाट फर्केका शिवपुरी -१ का पुरुषमा कोरोना पुष्टि भएको हो । विदुरको महिलाको काठमाडौं जाँदा थानकोटमा नमुना संकलन गरिएको थियो । यो सँगै जिल्लामा कुन संक्रमितको संख्या ४१ पुगेको छ ।

२०७७ श्रावण १६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको