उर्जामन्त्री पुनको श्रमिकलाई आग्रह: ‘इट्टा भट्टामा समस्या परेको भए मलाई सम्पर्क गर्नुहोस’


चैत १८, काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले काठमाण्डौं उपत्यकासहित विभिन्न इट्टा भट्टामा रहेका रोल्पाका श्रमिकहरुलाई समस्यामा परेको भए आफुलाई खबर गर्न आव्हान गरेका छन् ।

रोल्पाबाट प्रतिनीधिसभाको सांसदसमेत रहेका पुनले समाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो आव्हान गरेका हुन् ।

उनले काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, काभ्रेका इटा उद्योगमा काम गर्ने रोल्पालीहरुसँग सम्पर्क भएको भन्दै उनले सम्भव भएसम्म आआफ्नै ठाउँमा सुरक्षित रहन आग्रह समेत गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा राखेको स्टाटस जस्ताको तस्तै

‘उनले केहीलाई घर जाने व्यवस्था समेत गरिएको जानकारी गराएका छन् । सकेसम्म लकडाउन अवधीमा आ आफ्नै ठाउँमा सुरक्षित बसौं, कुनै समस्या परेमा मलाई वा मेरो सचिवालयमा सम्पर्क गर्नुहोला,’ उनले फेसबुकमा लेखेका छन् ।

समस्यामा परेका श्रमिकहरु उद्दारका लागि हामीसँग सम्पर्कमा आएमा उनीहरुको अवस्था हेरी आवश्यकता अनुसार उद्दार गर्ने निर्णय गरेको मन्त्री पुनको सचिवालय सदस्य सन्तोष पुनले पोष्टपाटीलाई जानकारी दिए । साथै समस्यामा परेका श्रमिकहरुले निम्न व्यक्तिहरुलाई सम्पर्क गर्ने सकिने उनले जानकारी दिए ।

मन्त्रि पुनको स्वकीय सचिव: दुर्गाप्रसाद चौलागाई -९८५२०४८१७५
निजि सचिव: कमान सिंह थापा मगर -९८५७८२२३८
सदस्य: सन्तोष पुन -९८५११५१०१२

२०७६ चैत्र १८,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको