काठमाडौंका यी स्थानमा भोलि दिनभर बत्ती नहुने


माघ १७, काठमाडौं । काठमाडौको केही स्थानमा भोलि दिनभर बत्ती नहुने भएको छ ।

चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएकाे हाे ।

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने जानकारी दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ ।

१७ माघ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको