माघ १७, काठमाडौँ । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणा निलम्बित भएका छन् ।
शुक्रबार संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो । यौन हिंसाको उजुरी परेपछि एसएसपी राणा विवादमा तानिएका थिए ।
यौन हिंसा गरेको उजुरी परेपछि एसएसपी राणालाई बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुनसक्ने भन्दै अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरी हेडक्वार्टरले जनाएको छ ।
एसएसपी राणाविरुद्ध झापाकी एकजना विवाहित महिलाले उजुरी दिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस