गृहसचिव प्रेमकुमार राईद्वारा राजीनामा, आइतबार बिदाइ गरिने


माघ १७, काठमाडौं । गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले पदबाट राजीनामा दिएका छन् । सचिव राईले माघ २० गतेदेखि लागू हुने गरी मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष राजीनामा बुझाएका हुन् ।

२२ माघ २०७१ मा सचिवमा बढुवा भएका राई आगामी २२ गतेदेखि पदावधि सकिएर अनिवार्य अवकाशमा जाँदै छन् । हाल कार्यान्वयनमा रहेको निजामति सेवा ऐन २०४९ मा नेपाल सरकारको सचिव (विशिष्ठ श्रेणीका कर्मचारी)को पदावधि ५ वर्ष तोकिएको छ ।

निजामति सेवा ऐन २०४९ को दफा १७ मा सचिवको पदावधि ५ वर्षको हुने व्यवस्था गरिएको छ । गृहसचिव राईले ५ वर्षे पदावधि पुग्नुभन्दा २ दिन अगाडिदेखि नै लागू हुने गरी राजीनामा दिएका हुन् ।

पदावधि बढ्नुभन्दा अगाडि नै राजीनामा दिए पेन्सन बढ्ने व्यवस्थाअनुसार बढेको पेन्सन पाउने उद्देश्यले राईले २० गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । २०४९ अगाडि नै निजामति सेवा प्रवेश गरेका राईले तत्कालीन नेपाल निजामति सेवा ऐन, २०१३ अनुसार निवृत्तिभरण पाउने छन् ।

तत्कालीन नेपाल निजामति सेवा ऐन, २०१३ मा राजीनामा दिएका कर्मचारीको पेन्सन बढ्ने व्यवस्था थियो । गृह मन्त्रालय स्रोतका अनुसार राजीनामा दिएका सचिव राईको आइतबार बिदाइ गरिने कार्यक्रम छ ।

१७ माघ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको