प्रचण्डको चिन्तनमै गडबड छ: लेखराज भट्ट


पुस १५, काठमाडौँ । नेकपा ओली खेमाका उद्योगमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफू काँधमा काँध मिलाएर अघि बढेको बताएका छन्।

प्रधानमन्त्री ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी एकतामा विश्वासघात प्रचण्डले गरेको आरोप लगाए । प्रचण्डले सडकमा आऊ भन्नू नै प्रचण्डमा विचलन आएको उनले बताए।

‘उहाँहरुलाई खोजेर ल्याउनु पर्ने अवस्था आएको छ,’ उनले भने। उनले क्रमभंग, महाविपत्ति ल्याउने काम प्रचण्डले ल्याएको बताए। उनले भने, ‘प्रचण्डले जहिले पनि महाविपत्ति ल्याउनुहुन्छ।अहिले सडकमा महाविपत्ति ल्याउनु भएको छ।’

नेता नेपाललाई वरिष्ठ नेताबाट तेस्रो अध्यक्ष नै बन्नुपर्ने अनि प्रचण्डले अहिले प्रधानमन्त्री चाहियो भन्दै माइतीघर मण्डलामा केटाकेटीझैँ लडिबुडी गरिरहेको उनले आरोप लगाए।

प्रचण्डले युद्धमा भएका घाइते, सहिद परिवार र बेपत्ताका परिवारलाई नसम्झेको उनले बताए। उनले प्रचण्डले हाल आएर पूर्वमाओवादी एक ठाउँमा हुन आग्रह गर्न थालेको बताए।

‘त्यसो भए माधव नेपालललाई यहाँ पठाउनुस्,’ उनले भने। ‘आफ्नो पार्टीका नेताविरुद्ध जालझेल गरेर अविश्वासको प्रस्ताव दर्ता गर्न खोज्नुले नै अस्थिरता उत्पन्न भएको हो। सत्यनिरुपण आयोग किन प्रचण्डले नटुंग्याएको?’ उनको प्रश्न छ।

प्रचण्डले ओलीविरुद्ध ल्याएको प्रस्ताव विचार नभएको उनले आरोप लगाए। ‘सेतो कपाल भएकाले सोफाको कुरा गर्न सुहाउँदो हो?’ उनको प्रश्न छ। दुई तिहाइ भएको पार्टीको सरकारको खुट्टा प्रचण्डले तानेको उनले आरोप लगाए।

प्रचण्डको चिन्तनमै गडबड भएको उनलेे आरोप लगाए। प्रचण्डले कुनै बेला आफ्नै गुरुलाई हटाएको आरोप पनि भट्टको छ। प्रचण्डले आफूले ५ हजारको मात्रै जिम्मा लिन्छु भनेर १२ हजारको जिम्मा कसलाई दिन खोजेको भन्ने प्रश्न पनि मन्त्री भट्टले गरे।

महासचिवले बालुवाटारमा एक बजे बैठक बोलाउँदा प्रचण्डले बबरमहलमा सोही समयमै बैठक बोलाउनुले को जायज ? को नाजायज ? भन्ने प्रश्नको जवाफ स्पष्ट हुने पनि उनले बताए।

उनले संसद विघटनको समर्थन गर्दै निवार्चनमा जाने आँट प्रचण्ड र माधव नेपालमा नभएको आरोप लगाए।

१५ पुष २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको