राेल्पा परिवर्तनकाे पक्षमा छ, त्यसकाे परिणाम स्थानीय चुनावले देखाईसक्यो: मुख्यमन्त्री पोखरेल


पुस १५, रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल र माधव नेपाल समूहलाई लक्षित गर्दै सडकबाट सरकार नबन्ने बताएका छन्। सरकारले निर्वाचनको मिति घाेषण गरेको बताउँदै उनले चुनावमा जाने हिम्मत देखाउन प्रचण्ड-नेपाललाई आग्रह समेत गरेका हुन्।

राेल्पाकाे सुलिचाैरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै नेता पाेखरेलले प्रचण्ड-नेपाल समूहले प्रथम अध्यक्षमाथि संगीन आरोप लगाएर पदच्यूत गर्ने षडयन्त्र गर्दा, त्यो षड्यन्त्र नै आजको संकटको कारक भएको स्पष्ट पारे। उनले भने- “पार्टी एकताको मर्म, पार्टी विधानलाई बेवास्ता गरेर, आम जनता र कार्यकर्ताको भावनालाई लत्याएर पार्टी विभाजन गर्ने काम प्रचण्डको अगुवाईमा भयो।”

नेता पाेखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीकाे प्रतिनिधिसभा विघटन गर्ने कदम संविधान सम्मत भएको समेत बताएका छन् । भेलामा उनले भने “राेल्पा परिवर्तनकाे पक्षमा छ । त्यसकाे परिणाम स्थानीय तहकाे चुनावमा पनि देखिसक्याे। प्रदेश सरकारले राेल्पामा थुप्रै बिकासका कामलाई प्राथमिकता दिएकाे छ।”

भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह-ईन्चार्ज बैजनाथ चाैधरी, केन्द्रीय सदस्य गाेकुल घर्ती, केन्द्रीय सदस्यहरु कुमार दसाैदी, शान्तकुमार वली, बालाराम बुढा, ईश्वरी जिएमलगायतका नेता र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राेल्पा क्षेत्र नं. १ का कार्यकर्ताहरुकाे सहभागीता रहेकाे थियाे।

भेलाकाे अध्यक्षता नेकपा नेता खिमचन्द्र पुनकाे गरेका थिए, भने बाेम बहादुर पुनकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन दिपक बिष्टले गरेका थिए ।

१५ पुष २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको