रोल्पा घर भएकि छोरी ७ बर्षदेखि बेपत्ता भएपछि खोजी गरिदिन बुवाको याचना


पुस १५, दाङ । सात बर्षदेखि छोरी बेपत्ता रहेको भन्दै आफ्नो छोरी खोजीदिन बाबुले याचना गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाहाँका ६७ बर्षीय बाबु मोबिर डाँगीले आफ्नी ३३ बर्षीया छोरी ओमसरा डाँगी घर्ती सात बर्ष अघिदेखि बेपत्ता रहेको भन्दै खोजी गरिदिन सबैसंग याचना गरेका छन् ।

रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं. २ घरबिर घर भएकी छोरी बिदेश गएको भन्ने सुनेपनि हालसम्म सम्पर्क बिहिन रहेको हुँदा खोजीका लागि सहयोग गरिदिन डाँगीले याचना गरेका छन् ।

श्रीमान रोजगारीका लागि भारतमा गएको समयमा ओमसरा बिदेश गएको भन्ने आफुले सुनेको र त्यसपछि बेपत्ता रहेको बुवा मोबिरले बताए । उनी बिदेश गएको भनिएकै बर्ष ओमसराले आफ्नी सासुआमालाई ४५ हजार रकम पठाइदिएको भन्ने सम्म खुल्न आएको डाँगीले बताए ।

त्यसपछि ओमसरा हालसम्म सम्पर्क विहिन रहेको हुँदा खोजी कार्यमा सहयोग गरिदिन देश विदेशमा रहेका सबैमा डाँगीले आग्रह गरेका छन् । ‘छोरी बिदेश गए नगएको समेत कतैबाट पुष्टि हुन सकेको छैन,’ डाँगीले भने ‘ मेरी छोरीले पढे लेखेकी पनि छैन ।’

सासुलाई एक पटक पठाएको ४५ हजार पैंशा कहाँबाट आएको हो ? भन्ने बारेमा समेत खुल्न नसकेको डाँगीले बताए । ‘ज्वाँई भारतमा छँदै छोरी बिदेश गएको भन्ने छ,’ डाँगीले भने ‘गएको बर्ष पैंसा पठाएपनि त्यो पैंशा कहाँबाट आएको होरु भन्ने समेत सम्दिनीले ख्याल राख्नु भएन छ । त्यसले छोरी कहाँ छ भन्ने समेत पत्ता लाग्न सकेको छैन।’

सात बर्षदेखि आमा सम्पर्क बिहीन भएपछि ओमसराका एक छोरी र दूई छोरा लगाएत परिवारका सदस्य चिन्तित बनेका छन् ।

१५ पुष २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको