‘सपना रोका मगरले अझै थप खुलेर बोल्नु पर्छ’


बिबिसिको मुल्यांकनको आधारमा विश्वको प्रभावशाली १०० जना महिलाको सुचिमा परेपछि म्याग्दी जिल्ला बरङ्जा गाउँकी सपना रोका मगर यतिवेला चर्चै चर्चामा हुनुहुन्छ । म्याग्दी जिल्लालाई मैले बडो नजिकबाट नियालेको छु । बरङ्जा गाउँ पनि पुगेको छु । सपनाको गाउँ बरङ्जा अठाह सुन्दर गाउँ हो । तातोपानी बजारबाट म्याग्दी खोला तरेर उकालो लाग्यो भने सपनाको गाउँ आउँछ । म घुमेको र डुलेको गाउँको चेलीको यो सफल्तामा खुशी भएर समाचार सुन्ने बित्तिकै फेसबुक मार्फत मेरो व्यक्तिगत तर्फबाट उहाँलाई बधाई पनि दिएँ । सारा नेपालीले बधाई दिए र दिईरहेका छन्, छौँ ।

सपना नानीले धेरै अन्तरवार्ता दिनुभयो । प्राय सबै नछुटाएर हेरेको छु, पढेको छु । अनपेक्षित ढंगले सडकमा बास हुन पुगेको उनको कहाँलीलाग्दो भुतपुर्व ईतिहास र त्यसबाट उठेर, जर्मुराएर जीबनको नयाँ अध्यायको यात्रामा हिड्दै आउँदा फेरि अनपेक्षित रुपमै आज उनले पाएको यो सम्मान, चर्चा र प्रशंसा वास्तवमै कम मानिसहरुको हकमा यस्तो सौभाग्य र संयोगहरु जुर्ने गर्छ । यत्ति कम उमेरमा पनि यसरी तार्किक र दम्दार अनि प्रष्ट सवालजवाफ गर्न सक्ने असाधारण क्षेमताको म उच्च प्रशंसा गर्दछु । नढाँटी भन्नू पर्दा नेपाल सुन्दरीहरुले दिने प्रतिक्रिया भन्दा गह्रौ अनि चोटिला छन् सपनाका जवाफ र शब्दहरु ! बिडम्बना भन्नु पर्छ यो देशले उनको कर्मको पहिचान गर्न सकेन कदर र सम्मान गर्न सकेन । विददेशी हरुले चिनाईदिनु पर्ने, सिकाईदिनु पर्ने । वास्तवमा सपनाको यो अन्तरास्ट्रिय सम्मान र कदरले “सडकमा कुनै दुखी गरीब छैनन, नेपाल सडक मानव मुक्त देश भईसक्यो” भनी ध्वाङ् पिट्ने केपी ओली सरकारलाई ठाडो चुनौति दिएको छ । केपी ओलीका झुटा प्रचारहरु नाङ्गो भएका छन् । त्यै भएर त आज सरकारले सपनालाई धन्यवाद सम्म पनि दिन खेर मानिरहेको छ ।

यसै सन्दर्भमा मैले उनीबाट थप स्पष्टतासँग आउँन कहीँ न कहीँ कमी भएको हो कि झैँ लाग्ने केही मेरा जिज्ञासाहरु अर्थात सोधकर्ताहरुले प्रष्ट सँग सोध्न छुटाएको हो कि झैँ लाग्ने प्रश्नहरु यहाँ प्रस्तुत् गरेको छु ! जुन उनले खुलास्त पार्न सके अझैँ अरु नयाँ भर्भराउँदा उमेरका युवायुवती हरुको लागी गतिलो पाठ हुन सक्छ ।

विशेष गरि ११ मा पढ्ने भनि गईसकेपछी बेनी बजारको बसाई, त्यहाँ बस्दाबस्दै गलत साथीहरुको सँगत र त्यही शिल्शिलामै फेसबुक मार्फत कसै सँग नजिक भएर भएको भेट । भेटे पछी उहीँ सँग बिहेको सम्बन्धमा बाँधिएर बुट्वल आएको र ती मान्छे सँग सम्बन्ध बिग्रे पछी त्यहाँ बस्न नसकेर सडकमा बास हुन पुगेको कुरा जो छ । हो यो बिचको विभिन्न बाध्यता र अारोह् अबरोह हरुलाई नलुकाईकन क्लिएर सँग सुनाईदिनु भए नयाँ ईन्स्पाईरिङ् हुनेहरुलाई उदाहरणीय हुने देख्छु ! सपनाको अहिले सम्मको यात्राको प्रमुख कारण र मर्म यहीँ बाट शुरु भएको देखिन्छ त्यसैले यहाँनेरको गुदी कुरा स्पष्टतामा आउँन आवश्यक छ । तर सपना नानीले यो सन्दर्भमा त्यति खुल्न नचाहेको या नसकेको जस्तो देखियो ।

जस्तै हरेक अन्तर्वार्तामा भन्नू हुन्छ म केही गलत साथीहरुको संगतमा फसेँ, उनिहरुले मेरो खुला मनको फाईदा लिए भनेर । हो ति गलत साथीहरु भन्नाले कस्ता गलत साथीहरु ? लागू पदार्थको कुलतमा फसेका साथीहरु ? यदि ति हुन भने तिनिहरुको माग र व्यवहार कस्तो रहन्थ्यो ?

तपाईले मैले आफू रित्तो भई भई तिनिहरुको आवश्यकता पूरा गरीदिन्थेँ भन्नू भएको छ । के तपाईलाई यो कुलत हो र यस्ताहरुको माग पूरा गर्नु भनेको झन यिनिहरुलाई दुर्व्यसनमा फस्न र निरन्तरता दिन प्रोत्साहन गर्नु हो भन्ने थाहा थिएन ? र पछी कसरी ति साथीहरुको साथ छोड्नु भो ? तपाईं आफै हुक्किएर थाकेर तिनिहरु सँग छुटिनु भएको हो ? या हैन यी गलतहरु सँग संगत गर्नु हुन्न भन्ने चेत आएर छुटिनु भो ? या ती साथीहरु सँग हुँदा हुँदै त्यो केटा साथी सँग बुट्वल हिड्नु परेको कारण ति बेनीका अन्य साथीहरु सँग छुट्नु भएको हो ? यस बारे खलाउँनु भएको छैन ।

अनि उहाँले फेसबुकबाट भेटेको केटासँग भेट भएकै दिन म परिबन्ध मा परेर ऊ सँग विहे जस्तो सम्बन्ध भयो भन्नु भएको छ । कस्तो परिबन्ध ? के त्यसले तपाईलाई ऊ सँग जान नैतिक र भौतिक रुपबाट बाध्य पारेको थियो ? वा त्यस्तो कुनै ब्ल्याकमेलिङ् गर्ने काम गरेको थियो र ? जसको कारण तपाईं ऊ सँग बुट्वल आउँन बाध्य पर्नु भो ? हैन भने कस्तो परिबन्ध ? के मन पराएर माया गरेर सँँगै जीउँने भनि बेनिबाट हिडेको जोडी थिएन र तपाईहरुको ? यस बारे खुलाउनु भएको छैन ।

त्यसपछि उहाँले मान्छेले आफ्नो स्वार्थको लागी मलाई प्रयोग गरेको रहेछ । अनि हाम्रो सम्बन्ध टिकेन भन्नू भएको छ । कसरी प्रयोग हुनु भयो ? के ति केटाले तपाईलाई आफ्नो घर लगेका थिएनन ? बिचमै छोर्दिएका थिए ? वा घर गएर पनि अभद्र, अन्याय, अत्यचार, उपेक्षित जस्ता घरेलु हिंसा जस्ता उत्पिडनमा परेर भागेर हिडेको हो तपाई ? यश बारे खुलाउँनु भएको छैन ।

उहाँ जस्तो एक उदाहरणीय पात्रले ( जस्लाई आज संसारले चिह्यईरहेका छन्) यी कुराहरुमा निर्धकका साथ क्लिएर सँग बताईदिन पाए राम्रो हुन्थ्यो भन्ने मेरो भ्युज् हो ! र यी कुराहरु खुलास्त रुपमा भन्न तपाईले आत्मग्लानी या अड मान्नु पर्ने कुनै कारण छैन । बरु गर्वको कुरा हो, कि त्यस्तो परिस्थिति र समयबाट पनि उठेर आज यहाँ आईपुग्नु भएको छ !
हस् ! बैनीको बाँकी दिनहरु अँझ सफल र प्रेरणादायी बनुन् शुभकामना ! धन्यवबाद !!

१५ मंसिर २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको