उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित, देशभर कहाँ कति थपिए ? (विवरणसहित)


असोज १४, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट तीन जनाको मृत्यु र ९०२ जनामा संक्रमण देखिएको छ।
काठमाडौंमा ५४ वर्षीय पुरुष, ३४ वर्षीया महिला र ८६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंका ६९७, भक्तपुरका ९३ र ललितपुरका ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ

२४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५५९ जनामा संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो।

हेर्नुस देशभर कहाँ कति थपिए ?

 

 

२०७७ आश्विन १४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको