नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुग्यो


असोज १४, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुगेको हो ।

यस्तै बुधबार देशभर थप १ हजार ५५४ जना कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ ।

यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज १२ हजार २०५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ ।

२०७७ आश्विन १४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको