लामो दूरीका सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय


भदौ १४, काठमाडौं । सरकारले कोरोना संक्रमण फैलिएको भन्दै लामो दूरीका सवारी साधन र हवाई  सेवा भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । साउन २६ गते सरकारले हवाई यातायात भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको थियो ।

यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो । पछिल्लो समय सरकारले भदौ १७ सम्म उपत्यकामा निषेधाज्ञा लागू गरेको छ ।

१४ भाद्र २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको