भदौ १४, काठमाडौं । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् ।
यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् ।
योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
यस्तै देशभर आजसम्मकै बढी १२ सय २१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा २६७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ७२२ पुगेको छ। यो निको हुनेको संख्या ५४ प्रतिशत हो।
अहिले क्वारेन्टाइनमा ७ हजार ७९७ जना रहेका छन्। नेपाल संक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ९०६ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस