भदौ १४, काठमाडौं । आइतबार देशभर कोरोनाका १२ सय २१ संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।
विगत २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए । २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस