धरानको बिपी प्रतिष्ठानमा कोरोना संक्रमित आमा-छोराको मृत्यु

फाइल तस्बिर

भदौ १४, काठमाडौं । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् दुई जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार धरान-१७ की ७४ वर्षीया वृद्धा र धरान-१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरू आमा-छोरा हुन् ।

वृद्दाको आइतबार बिहान साढे ८ बजे र पुरुषको बिहान ७:४५ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले बताए । दुवै शनिबार साँझ अस्पतालमा भर्ना भएका थिए ।

१४ भाद्र २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको